असोजमा ५ सय ७० फर्मको अनुगमन,  एक सय फर्म कारबाहीमा

विहीबार, ०६ मंसिर २०८१, १२ : ०१

काठमाडौँ - सरकारले चाडपर्व लक्षित बजार अनुगमनबाट ५५ लाख जरिवाना असुल गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजमा गरेको बजार चाडपर्वलक्षित बजार अनुगमनका क्रममा नियम विपरीत व्यवसाय गर्ने १०० फर्मलाई ५५ लाख जरिवाना तिराएको जनाएको छ । 

असोज महिना भरिमा ५७० फर्मको अनुगमन गरिएको थियो । जसमध्ये नियम विपरीत, मूल्य सूची नराख्ने, रिलेबलिङ् गर्ने, कालोबजारी गर्ने १०० फर्मलाई जरिवाना तिराइएको विभागले जनाएको छ  । 
 

विहीबार, ०६ मंसिर २०८१, १२ : ०१

प्रतिक्रिया