दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य : अध्यक्ष ढकाल

विहीबार, ०६ मंसिर २०८१, १२ : ०७

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् ।

अध्यक्ष ढकालले सो कुरा राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधवार महांसघको सचिवालयमा आयोजित “लगानीमैत्री वातावरण प्रवर्द्धनको लागि अन्तर निकाय समन्वय” विषयको अन्तरक्रिया कार्यक्रममा भनेका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड नै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए ।

ढकालले विगत केही वर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोको रूपमा रहेको लगानी प्रवर्द्धन सम्बन्धी विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा, यो मुद्दाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।

उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोबल बढाई
व्यवसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिइएमा राजस्व संकलन स्वाभाविक रूपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताएका छन् ।

अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रत्यक्ष सम्बन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवसायजन्य क्रियाकलापहरू सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनु पर्नेमा जोड दिए । यसको लागि व्यवसायमैत्री वातावरण निर्माणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्बद्ध सबै सरकारी निकायहरूको एकीकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए ।

आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरू उपस्थित हुनु भएको उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिइएमा राजस्व संकलन स्वाभाविक रूपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताएका छन् ।

 

विहीबार, ०६ मंसिर २०८१, १२ : ०७

प्रतिक्रिया