बढ्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, ०७ मंसिर २०८१, ११ : २४

काठमाडौँ- साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । 

अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । 

यस्तै आज महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।  

शुक्रबार, ०७ मंसिर २०८१, ११ : २४

प्रतिक्रिया