सपोर्ट लघुवित्तले बोलायो १०औं वार्षिक साधारणसभा

शुक्रबार, ०७ मंसिर २०८१, १४ : ०९

काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते शनिबार १०औं वार्षिक साधारणसभा बोलाएको छ। 

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले इटहरी-४ स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने निणर्य गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यस्तै अन्य उपयुक्त लघुवित्तसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कूल तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।

त्यसैगरी गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव सभाका लागि तय गरिएका छन्।

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ। यसर्थ मंसिर १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

शुक्रबार, ०७ मंसिर २०८१, १४ : ०९

प्रतिक्रिया