धरहरा चढ्ने विदेशीलाई एक हजार रुपैयाँसम्म शुल्क

शनिबार, ०८ मंसिर २०८१, १२ : ०८

काठमाडौं - सरकारले धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँसम्म शुल्क तोकेको छ । 

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्ने स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।
 

शनिबार, ०८ मंसिर २०८१, १२ : ०८

प्रतिक्रिया