चार महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात

शनिबार, ०८ मंसिर २०८१, १३ : २५

काठमाडौं - चालु आर्थिक वर्षको चार महिनामा (साउनदेखि कार्तिक मसान्तसम्म) सबैभन्दा धेरै आयात हुने १० वस्तुमध्ये पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । 

यो अवधिमा  ८८ अर्ब २६करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभाको तथ्याङ्कमा उल्लेख छ । दोस्रोमा ४९ अर्ब ७ करोड बराबरका फलाम तथा फलामबाट निर्मित सामग्री आयात भएको छ । 

यसैगरी तेस्रोमा  विद्युतीय औजार तथा मेशिन ३६अर्ब ९५ करोड रुपैयाँको, चौथोमा बोइल मेसिन ३६ अर्ब ३५ करोड र पाँचौँमा जलयानका पार्टपुर्जा  ३२ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

सबैभन्दा धेरै आयात हुने १० वस्तुहरु 
१, पेट्रोलियम पदार्थ – ८८ अर्ब २६ करोड
२, फलाम र फलामबाट निर्मित सामग्री –४९ अर्ब ७ करोड
३, विद्युतीय औजार तथा मेशिन – ३६अर्ब ९५ करोड
४, बोइल मेसिन – ३६ अर्ब ३५ करोड 
५, जलयानका पार्टपुर्जा – ३२ अर्ब ७४ करोड
६,तेल घ्यु तथा बोसो – २२ अर्ब २९ करोड
७, प्लास्टिक तथा प्लास्टिकका सामग्री – २१ अर्ब ११ करोड
८, रासायनिक मल – १३ अर्ब ९० करोड 
९, तरकारी – १३ अर्ब ८३ करोड 
१०, औषधि –१३ अर्ब ३१ करोड 
 

शनिबार, ०८ मंसिर २०८१, १३ : २५

प्रतिक्रिया