सुनचाँदीको मूल्य बढेको बढ्यै, तोलाको कति पुग्यो ?

आइतबार, ०९ मंसिर २०८१, ११ : ०५

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।  आज सुन एकै दिन एक हजार ७०० रुपैयाँले बढेको हो ।

 नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला  एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार  प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यसै गरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । शुक्रवार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार, ०९ मंसिर २०८१, ११ : ०५

प्रतिक्रिया