जीवन विकास लघुवित्तले १४ प्रतिशत लाभांश घोषणा

आइतबार, ०९ मंसिर २०८१, ११ : ३२

काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

लघुवित्तको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६८ प्रतिशत नगद लाभांश गरी जम्मा १४.७३६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
 

आइतबार, ०९ मंसिर २०८१, ११ : ३२

प्रतिक्रिया