निर्यातका लागि उत्पादन बढाउन आवश्यक छ : अध्यक्ष  ज्ञवाली

आइतबार, ०९ मंसिर २०८१, १२ : २२

काठमाडौँ- महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले स्वदेशी उत्पादन वस्तु प्रयोगमा जोड दिनेबारे सरकारको भाषणमा मात्र सीमित गरिरहेको बताएकी छन् । उनले उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफैँले स्वदेशी उत्पादित वस्तु प्रयोग नगर्ने तर भाषण मात्र गर्दै आएको बताइन् ।

‘सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने भाषण मात्र बनेको छ । खोइ स्वदेशी उत्पादन प्रयोग भएको ? पहिला त सरकार आफूले प्रयोग गर्नुपर्‍यो नि। उद्योग दिवसको दिन कसैले नेपालमा उत्पादित कपडा ढाका कसैले प्रयोग गरेको छ ?’ उनले उद्योग मन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘२० प्रतिशत बढी भए पनि नेपाली उत्पादन प्रयोग गर्ने भन्नुभन्दा नेपालीले नेपाली उत्पादन प्रयोग गरौँ भन्ने विषयमा जोड दिनुपर्छ ।’ 

नेपालीले नेपाली उत्पादन मात्रै प्रयोग गरौँ भन्ने नाराका साथ व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ । नेपालमा औद्योगिक ग्राम सुरु भएको र हाल २९ प्रतिशत महिला उद्योग व्यवसायमा कार्यरत रहेको उनले बताइन् ।


‘विकाशशील मुलुकमा स्तरोन्नति हुन लागेको छ । त्यसका बेला निर्यातका लागि उत्पादन बढाउन आवश्यक छ,’ उनले भनिन्, ‘त्यसका लागि अझै धेरै महिला उद्योग व्यवसायमा आकर्षित गर्न सरकारले महिलाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’

आइतबार, ०९ मंसिर २०८१, १२ : २२

प्रतिक्रिया