महेन्द्रसिंह धोनी पाँचौँ नम्बरमा ?

४ बर्ष अगाडि

एजेन्सी – विश्वकप आउन अब एक साता मात्र बाँकी छ । सहभागी १० टोलीले आफ्नो रणनीति बनाइसकेका छन् ।

कुन ब्याट्सम्यानलाई कतिऔँ स्थानमा र कुन बलरलाई कतिऔँ ओभरमा खेलाउनेजस्ता रणनीति तयार भइसकेका छन् । यसैबीच भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले पाँचौँ नम्बरमा ब्याटिङ गर्दा टोलीको ब्याटिङ अर्डर बलियो हुने धारणा राखेका छन् ।

‘पाँचौँक्रमका ब्याट्सम्यान अनुभवी हुनुपर्छ, यस स्थानमा हार्दिक पाण्ड्यालाई राख्दा तल्लोक्रमको ब्याटिङमा दबाब पर्न सक्छ,’ सचिनले भने, ‘पहिलो चार ब्याट्सम्यानसम्म केही फरक छैन, तर पाँचौँक्रममा मेरो नजरमा धोनीको स्थान अन्य ब्याट्सम्यानले लिन सक्दैनन् ।’

पाँचौँक्रममा ब्याट्सम्यानमाथि इनिङको मध्यक्रम सम्हाल्नुपर्ने र अन्तिममा रनरेटसमेत उकास्नुपर्ने दबाब रहने भएका कारण धोनी नै प्रमुख खेलाडी रहेको सचिनको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया