काठमाडौं- काठमाडौंको विभिन्न क्षेत्रमा आज बिजुली आपुर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विभिन्न क्षेत्रमा आज बिजुली काट्ने भएको हो । केवल लाइन विस्तारका लागि लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले बिजुली काटिने जनाएको हो ।
प्राधिकरणले जारी गरेकोमा महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने उल्लेख छ।
प्राधिकरणका अनुसार निर्माण छिट्टै भएमा निर्धारित समय अगावै सम्पन्न भएमा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउन सक्ने छ ।
प्रतिक्रिया