काठमाडौँ- मंगलबार पनि सुनको मूल्य घटेको छ ।आज सुन प्रतितोला २६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो एकै दिन प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेर ऐतिहासिक रेकर्ड राखेको थियो ।
सोमबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले घटेर एक हजार आठ सय २० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया