काठमाडौं - धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले दिएको राजीनामा कम्पनी सञ्चालक समितिले मंसिर १६ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको भएकाले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
कम्पनी सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले सीईओ बमको राजीनामा स्वीकृत गरेर कामु सीइओको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको छ ।
प्रतिक्रिया