काठमाडौँ- लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ।
आज सुन प्रतितोला ९ सयले बढेको छ । सोमबार झण्डै १६ हजारले घटेको सुन हिजो मंगलबार पनि २ हजार ७ सयले घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधबार छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया