यी दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विहीबार, १३ मंसिर २०८१, १० : २४

काठमाडौं- सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै लघुवित्तले भोली अर्थात मंसिर १४ गते, शुक्रवार बुकक्लोज गर्दै छन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरू यी लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते, शनिवार, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सुनसरीमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १३.७७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
 

विहीबार, १३ मंसिर २०८१, १० : २४

प्रतिक्रिया