सुनको मूल्यमा आज सामान्य गिरावट

विहीबार, १३ मंसिर २०८१, १० : ५५

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितातोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।हिजो प्रतितोला एक हजार ८सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

विहीबार, १३ मंसिर २०८१, १० : ५५

प्रतिक्रिया