भृकुटीमण्डपमा चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो सुरु

विहीबार, १३ मंसिर २०८१, १२ : ०५

काठमाडौं - आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चौथो प्लास्ट नेपाल एक्स्पो भृकुटीमण्डपमा दीप बालेर उद्घाटन गरेका छन् । 

मङ्सिर १३ गतेदेखि सुरु भएको  यो एक्स्पो १५ गते सकिने छ। प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले एक्स्पोको आयोजना गरेको हो । प्लास्ट नेपाल एक्स्पोका सभापति तथा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले नेपालमा ८०० उद्योगले वार्षिक  ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको बताए ।

‘गैरनाफामुलक रूपमा खोलिएको यस संस्थामा सुरुमा ६५ उद्योगी सहभागी थिए,’ श्रेष्ठले भने, ‘एक लाखभन्दा बढिले रोजगारी पाएका छन् । ९० प्रतिशत प्लास्टिक उत्पादन गरिरहेको छ ।’ प्लास्टिकले वातावरण प्रदूषण मात्रै नभएर जोगाएको बताए । प्राविधिक टेक्नोलोजीका मार्फत उत्पादन गरिएको प्लास्टिकले वातावरण असर नगर्ने उनको भनाइ छ 

यसै गरी खुला सीमाका कारण भारतबाट न्यून गुणस्तरको प्लास्टिक आयात भइरहेको र नेपालमा उत्पादित वस्तु बिक्री नभइरहेको उनको भनाई छ । साथै सीमामा सरकारले कडा व्यवस्था गरी आयात रोक्नुपर्ने उनले बताए ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवाले पनि नेपाली उत्पादनमा आवश्यक सम्पूर्ण कच्चापदार्थ आयातमा भन्सार दर घटाइनुपर्ने माग गरे।

यसै गरी प्लास्टिक उत्पादन क्षेत्रका लागि नेपालमा वातावरणमुखी नीति ल्याउनुपर्ने उनले बताए ।  नेपाल परिसंघका अध्यक्ष राजेश अग्रवालले प्लास्टिकजन्य वस्तुलाई पुनः प्रयोग गर्न सकिने भएकाले नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गर्न आग्रह गरे ।

‘नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गरे प्लास्टिकका कच्चा पदार्थ आयातमा कमी आउँछ। र देशको व्यापार घाटा कम हुने देखिन्छ,’ अध्यक्ष अग्रवालले भने। उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्लास्टिक आयात प्रतिस्थापन गरी उत्पादनमा जोड दिनुपर्ने बताए । उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा प्लास्टिक प्रयोग बढ्दो रूपमा रहेको र यसले वातावरणमा असर पारिरहेको बताए ।

विहीबार, १३ मंसिर २०८१, १२ : ०५

प्रतिक्रिया