काठमाडौँ - राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ बढाएको छ ।
जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको प्रतिकिलो १५ रुपैयाँले बढेको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार अब प्रतिकिलो जिउँदो कुखुराको २५० रुपैयाँ पर्ने छ । यस्तै, तयारी मासुको प्रतिकिलो ३१५ रुपैयाँ निर्धारण गरेको छ ।
प्रतिक्रिया