ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १४ मंसिर २०८१, ११ : ०२

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार, १४ मंसिर २०८१, ११ : ०२

प्रतिक्रिया