काठमाडौं - चालु आर्थिक वर्ष २०८१\०८२ को चार महिनामा ६ अर्ब रुपैयाँ बढी रकमको १ लाख मेट्रिक टन धान र चामल आयात भएको छ ।
गत कार्तिकमा अर्थातमा चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख करोड रुपैयाँ बराबरको ७४ हजार ३३ मेट्रिक टन धान र चामल आयात भएको थियो ।
एक महिनाको अवधिमा मात्रै २ अर्ब रुपैयाँको धान र चामल आयात भएको छ । सो रकम बराबर चार महिनामा १ लाख १७ हजार मेट्रिक धान तथा चामलको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
सो चामल र धान बराबर ६ अर्ब ९६ करोड ६७ लाख ४७ हजार रुपैयाँ बाहिरिएको छ ।
प्रतिक्रिया