डोङफेङ नामी ईभीको मूल्यमा वृद्धि, अब कति पर्ने ?

शुक्रबार, १४ मंसिर २०८१, १५ : ३३

काठमाडौँ- डोङफेङ नामी ईभीको मूल्यमा वृद्धि गरिएको छ । नेपाली बजारमा नामी ई१, ई२ र ई३ गरी तीन भेरिएन्ट रहेका छन् ।

नामी ई१ को मूल्य अब ३० लाख २४ हजार, ई२ को मूल्य ३२ लाख ४९ हजार र ई३ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ हुनेछ । यी तीन भेरिएन्टमा क्रमशः २५ हजार, ५० हजार र १ लाख रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

डुअल टोन कलर भेरिएन्ट खोज्नेहरूका लागि भने थप ५० हजार रुपैयाँ लाग्ने छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले सो जानकारी सार्वजनिक गरेको छ ।

शुक्रबार, १४ मंसिर २०८१, १५ : ३३

प्रतिक्रिया