चार महिनामा  एक अर्ब ९० करोडको अलैँची निर्यात

शनिबार, १५ मंसिर २०८१, १७ : १७

काठमाडौं - चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा एक अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको १२ लाख ६ हजार २५० किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ । 

जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा एक अर्ब ९० करोड दुई लाख ४१ हजार रुपैयाँको १२ लाख  पाँच हजार ९०० किलो अलैँची निर्यात भएको छ  ।

यसै गरी सात लाख २० हजार रुपैयाँको २४० किलो अलैँची फ्रान्समा र एक लाख ७३ हजार रुपैयाँको ११० किलो अलैँची अस्ट्रेलिया निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

शनिबार, १५ मंसिर २०८१, १७ : १७

प्रतिक्रिया