चार महिनामा १४ करोडको कुखुराको चल्ला आयात

शनिबार, १५ मंसिर २०८१, १७ : ४७

काठमाडौं - चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा १४ करोड ३७ लाख ५० हजार रुपैयाँको १८५ ग्राम तौलका चल्ला  १ लाख ४७ हजार २३७ वटा चल्ला आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ । अमेरिकाबाट पाँच करोड ६८ लाख १२ हजार रुपैयाँको  ५६ हजार ६०८ चल्ला आयात भएको उल्लेख छ । दोस्रोमा स्पेनबाट दुई करोड ८३ लाख ३७ हजार रुपैयाँको १५ हजार ६८० वटा, तेस्रोमा  एक करोड ९९ लाख ४९ हजार रुपैयाँको १४ हजार ७२८ वटा फ्रान्सबाट आयात भएको छ ।

यसैगरी भारतबाट एक करोड ९७ लाख ३० हजार रुपैयाँको ३६ हजार ३५८ वटा र मलेसियाबाट एक करोड ८९ लाख २२ हजार रुपैयाँको २३ हजार ८६३ वटा चल्ला आयात भएको छ ।

शनिबार, १५ मंसिर २०८१, १७ : ४७

प्रतिक्रिया