सुनको मूल्यमा आज सामान्य गिरावट

आइतबार, १६ मंसिर २०८१, ११ : ०६

काठमाडौं- आइतबार सुनको भाउ सामान्य घटेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रवार  सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

यता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको छ । यसअघि प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार, १६ मंसिर २०८१, ११ : ०६

प्रतिक्रिया