काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि नेट म्याक्स टेक्नोलोजिज प्रा.लि.को अनुमति पत्र खारेज गरिदिएको छ
नेट म्याक्सले तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिएकाले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेज गरेको प्राधिकरणले जनाएको छ ।
नेट म्याक्सले २०६६ असोज २९ देखि इमेलसहितको इन्टरनेट सेवाको अनुमति पाएको थियो । प्राधिकरणले नियमानुसार भुक्तानी गर्नुपर्ने रकम आगामी ३० दिनभित्र भुक्तानी गर्न पनि निर्देशन दिएको छ ।
प्रतिक्रिया