अण्डाको मूल्य बढ्यो, अब प्रतिक्रेट कति रु

आइतबार, १६ मंसिर २०८१, १४ : ०९

काठमाडौं -  बजारमा अण्डाको मूल्य बढेको छ।  शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४० रूपैयाँ, ठूलो चार सय ५५ रूपैयाँ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ।

यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो। यो किसानले पाउने मूल्य हो । उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ रहेको छ।


 

आइतबार, १६ मंसिर २०८१, १४ : ०९

प्रतिक्रिया