सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँले बढ्यो

आइतबार, १६ मंसिर २०८१, १५ : ३४

काठमाडौं - निमार्णका लागि अत्यन्तै महत्त्वपूर्ण सामग्री सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको छ । 

सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन् । यसअघि सरदर प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम भएको छ ।सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए । तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि रोकिएको थियो । 

यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन् । सबै सहमत भएसँगै ठुला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको छ । 

 

आइतबार, १६ मंसिर २०८१, १५ : ३४

प्रतिक्रिया