साना किसान लघुवित्तको १४ प्रतिशत लाभांश घोषणा

सोमबार, १७ मंसिर २०८१, १० : ४०

काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। कम्पनीले गत आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ।

कम्पनीले घोषणा गरेको लाभांश लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।


 

सोमबार, १७ मंसिर २०८१, १० : ४०

प्रतिक्रिया