महुली लघुवित्तलाई एफपीओ जारी गर्न स्वीकृति प्रदान

मंगलबार, १८ मंसिर २०८१, १० : ३५

काठमाडौं- महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले सोमबार (मंसिर १७ गते) संस्थालाई पत्र पठाउँदै एफपीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ।

महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

मंगलबार, १८ मंसिर २०८१, १० : ३५

प्रतिक्रिया