चार महिनामा ६६ करोड ५८ लाखको सिमेन्ट निर्यात

मंगलबार, १८ मंसिर २०८१, ११ : ५०

काठमाडौं - चार महिनाको अवधिमा नेपालबाट साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । 

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६६ करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको दुई लाख ६८ हजार ७०५ टन सिमेन्ट क्लिङ्कर र सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ । 

जसमध्ये ४९ करोड ६८ लाख ६३ हजार रुपैयाँको दुई लाख ३८ हजार ८५४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यसै गरी १६ करोड ९० लाख ९ हजार रुपैयाँको २९ हजार ८५१ टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ ।

मंगलबार, १८ मंसिर २०८१, ११ : ५०

प्रतिक्रिया