बजारमा रिचार्ज कार्ड सहजै पाइने नेपाल टेलिकमको दाबी

मंगलबार, १८ मंसिर २०८१, १२ : ०३

काठमाडौं - नेपाल टेलिकमले रिचार्ज कार्डहरू सहजै पाइन थालेको जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै टेलिकमले विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसक्दा बजारमा रिचार्ज कार्डहरू सहज रूपमा पाउन नसकेमा हाल सो समस्या समाधान भइसकेको कम्पनीको जनाएको हो । 

केही सञ्चार माध्यमहरूमा रिचार्ज कार्डको अभावको कारणले टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भन्ने समाचार सत्यता नभएको टेलिकमको जिकिर छ ।

रिचार्ज कार्डको सहज रूपमा आपूर्ति नहुँदा ग्राहकहरूले विकल्पको रूपमा रहेका मोबाइल पोइन्ट अफ सेल र नमस्ते पे, इसेवा, खल्ती, आइमएई पेलगायतका डिजिटल वालेटहरू प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीले प्रस्ट पारेको छ । 

मंगलबार, १८ मंसिर २०८१, १२ : ०३

प्रतिक्रिया