काठमाडाैं- अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म 'पुष्पा-२ : द रुल' ले डिसेम्बर ५ मा सिनेमाघरमा रिलिज हुनुअघि नै एउटा महत्त्वपूर्ण काेशेढुंगा पार गरेको छ । फिल्मले ठुलो पर्दामा आउनुअघि नै ठुलो रेकर्ड बनाइसकेकाे छ । फिल्मले रिलिजको अघिल्लाे दिनसम्ममा मात्रै १०० करोड कमाई गरिसकेकाे छ।
याे ठुलो उपलब्धि सामाजिक सञ्जालमार्फत घोषणा गरिएको थियो, जहाँ निर्माताहरूले आफ्नो खुसी व्यक्त गर्दै पोस्टहरू साझा गरे। निर्माताहरूले सोसल मिडियामा पोस्टको साथ क्याप्सनमा लेखेका छन्, 'पुष्पा-२ : द रुल' ले अग्रिम बुकिङमा १०० करोडको आँकडा पार गरेको छ । यो फिल्म भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।
धेरै भाषाहरूमा जारी गर्ने भनिएकाे फिल्म 'पुष्पा-२ : द रुल' रिलिज हुन एक दिन मात्रै बाँकी छ र फिल्मको ग्लोबल रिलिजलाई लिएर दर्शकमा जबरदस्त उत्साह छ । यस चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम लगायत धेरै भाषाहरूमा रिलिज हुनेछ ।
फिल्ममा अल्लू अर्जुनबाहेक रश्मिका मन्दाना र फहाद फासिल पनि मुख्य भूमिकामा छन् । फिल्मको कुल लागत करिब ४०० करोड रुपैयाँ रहेको बताइएको छ, जसले यसलाई महँगो र ठुलो बजेटको फिल्म बनाएको छ । 'पुष्पा-२ : द रुल' ले शाहरुख खानको 'जवान' र यशको 'केजीएफः च्याप्टर २' जस्ता ब्लकबस्टरको बक्स अफिस कलेक्सनलाई उछिन्दै नयाँ रेकर्ड बनाउन सक्ने दिग्गजको अनुमान छ ।
जबरदस्त हिट 'पुष्पा-२ : द रुल' को पहिलो भाग 'पुष्पाः द राइज' (२०२१) पनि सुपरहिट थियो । फिल्मले बक्स अफिसमा २६७ करोड भारु कमाएको थियो । अल्लू अर्जुनलाई अखिल भारतीय स्टारको रूपमा स्थापित गर्दै हिन्दी संस्करणले मात्रै बक्स अफिसमा १०० करोड रुपैयाँ कमाएको थियो। अब दर्शकहरुलाई दोस्रो भागबाट पनि धेरै आशा छ।
प्रतिक्रिया