सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो?

बुधबार, १९ मंसिर २०८१, ११ : ०६

काठमाडौं- नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला १०० रुपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको चाँदी बुधवार बढेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

बुधबार, १९ मंसिर २०८१, ११ : ०६

प्रतिक्रिया