आज पनि बढ्यो सुन चाँदीको मूल्य

विहीबार, २० मंसिर २०८१, ११ : ०१

काठमाडौं-बिहीबार पनि सुन चाँदीको भाउमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
 

विहीबार, २० मंसिर २०८१, ११ : ०१

प्रतिक्रिया