एक महिनामा भैरहवाबाट करिब ५ हजार यात्रुको आवतजावत

विहीबार, २० मंसिर २०८१, १३ : २५

काठमाडौँ - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार यात्रुले आवतजावत गरेका छन् । 

विमानस्थलले सार्वजनिक गरेको विवरणअनुसार कार्तिक १८ देखि मङ्सिर १८ सम्ममा ४ हजार ७७१ यात्रुले अन्तर्राष्ट्रिय गन्तव्यको सेवा लिएका छन् । एक महिनामा भैरहवाबाट २ हजार २३८ यात्रु उडेका छन् भने २ हजार ५३३ यात्रु अवतरण गरेका छन् ।

भैरहवामा एक महिनाको अवधिमा ७८ उडान र ७८ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । एक महिनाको अवधिमा धेरै यात्रु बोक्ने जजिरा एयरवेज बनेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ ।

दोस्रो नम्बरमा रहेको फ्लाई दुबईले १ हजार १ सय ३२ यात्रुलाई सेवा दिएको छ । थाई एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको तथ्याङ्क छ । 

विहीबार, २० मंसिर २०८१, १३ : २५

प्रतिक्रिया