सुनको मूल्यमा आज सामान्य गिरावट, चाँदीको भने बढ्यो

शुक्रबार, २१ मंसिर २०८१, ११ : ०६

काठमाडौं- शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार, २१ मंसिर २०८१, ११ : ०६

प्रतिक्रिया