चार महिनामा नौ करोड ५२ लाखको दुग्धजन्य पदार्थ बिक्री

शुक्रबार, २१ मंसिर २०८१, ११ : ५६

काठमाडौं - हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । 

गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो । कार्यालयका अनुसार आव २०८१\८२ को साउनदेखि कात्तिकसम्ममा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ ।

आ.व. २०८०\८१ को अवधिमा रु सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ ।

कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।

शुक्रबार, २१ मंसिर २०८१, ११ : ५६

प्रतिक्रिया