काठमाडाैं- 'पुष्पा २: द रुल' को ट्रेलरमा अल्लू अर्जुनले भनेका थिए कि यस पटक उनी 'फायर' मात्र होइनन्, 'वाइल्डफायर' पनि हुन् । उनका संवादहरू उनको फिल्मको बक्स अफिस कलेक्सनका लागि उपयुक्त छन् । फिल्म बिहीबार रिलिज भएको थियो र पहिलो दिनदेखि नै यसले सिनेमाघरहरूमा अल्लू अर्जुनको शक्ति प्रमाणित गरेको छ।
'पुष्पा २' को अग्रिम बुकिङबाट नै फिल्मको ओपनिङ धुकाल उठाउने हुन्छ जस्ताे लाग्थ्यो, तर कसैले पनि यसले सबै शीर्ष रेकर्ड तोड्ने भविष्यवाणी गरेका थिएनन् । विश्वव्यापी बक्स अफिसमा, 'पुष्प २' पहिलाे यस्ताे फिल्म हाे जसले पहिलो दिनको कमाईबाट त्यस्ता ५ वटा रेकर्डमा शीर्ष स्थानमा पुगेको छ, जसमध्ये प्रत्येक रेकर्डले कुनै पनि फिल्मलाई सनसनीपूर्ण बनाउँछ ।
'पुष्पा २' को विश्वव्यापी अग्रिम बुकिङले १४० करोड कमाएको थियो । रिलिजको दिन बिक्री भएको टिकटको कमाईपछि पहिलो दिनको फाइनल ओपनिङ कलेक्सन २३० करोडभन्दा बढी हुन सक्ने अनुमान गरिएको थियो । कसैले पनि सोचेका थिएनन् कि यो आँकडा यति ठुलो हुनेछ कि २५० करोडभन्दा धेरै माथि जान्छ ।
व्यापार विशेषज्ञ मनोबाला विजयनले सोशल मिडियामा जानकारी दिए कि 'पुष्प २' को विश्वव्यापी कलेक्सन पहिलो दिन २८२.९१ करोड रुपैयाँ पुगेको छ । एजेन्सी
प्रतिक्रिया