घट्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?

आइतबार, २३ मंसिर २०८१, ११ : ०३

काठमाडौँ- सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो । 

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो । 

आइतबार, २३ मंसिर २०८१, ११ : ०३

प्रतिक्रिया