१ लाख १५ हजार मेट्रिक टन मल मौज्दात: कृषि मन्त्रालय

आइतबार, २३ मंसिर २०८१, १६ : ३७

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १ लाख १५ हजार ३१२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाइएको छ ।

सो मलमध्ये युरिया ७८ हजार ८ सय २२ मेट्रिक टन मल छ । यस्तै, डीएपी २९ हजार ५२२ मेट्रिक टन मौज्दात छ । मन्त्रालयका अनुसार पोटास रासायनिक मल ६ हजार ९६७ मेट्रिक टन मौज्दात रहेको तथ्याङ्कमा उल्लेख छ । 

नेपालमा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्दै आएका छन् । 

आइतबार, २३ मंसिर २०८१, १६ : ३७

प्रतिक्रिया