यी पाँच कम्पनीले एफपीओ निष्कासन गदै, धितोपत्र बोर्डसँग मागे अनुमति

आइतबार, २३ मंसिर २०८१, १७ : ५४

काठमाडौं - एफपीओ निष्कासन गर्न पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । 

बोर्डसँग एफपीओ निष्कासन गर्न बुटवल पावर कम्पनी, नेसनल लघुवित्त, विन नेपाल, विजय र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले अनुमति मागेका हुन् ।

यीमध्ये बुटवल पावर कम्पनीले १ सय ६ रुपैयाँ ३ पैसा प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २०६ दशमलव ३ मा एफपीओ निष्कासन गर्नका लागेको छ । भने बाँकी तीन कम्पनीले अंकित मूल्यमै जारी गर्न सेबोनमा निवेदन दिएका हुन्।

बुटवल पावरले प्रतिकित्ता २०६.३० रुपैयाँमा १ करोड कित्ता एफपीओ बिक्रीका लागि अनुमति मागेको छ । कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नछ । 

नेसनल लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ६९ हजार ९०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । 

विन नेपाल लघुवित्तले १०० रुपैयाँका दरले ५१ हजार २९२।५ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । 

स्वरोजगार लघुवित्तले १०० रुपैयाँका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

विजय लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । 

आइतबार, २३ मंसिर २०८१, १७ : ५४

प्रतिक्रिया