मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश दिने

सोमबार, २४ मंसिर २०८१, १० : ४३

काठमाडौं- मञ्जुश्री फाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

आइतबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो ।

कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने भएको छ । यसअघि कम्पनीले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो । विगत दुई वर्ष कम्पनीले नगद लाभांश मात्रै प्रदान गरेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ छ ।

सोमबार, २४ मंसिर २०८१, १० : ४३

प्रतिक्रिया