काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो सुन तोलामा एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया