काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया