सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

मंगलबार, २५ मंसिर २०८१, ११ : ३८

काठमाडौं - सूर्योदयवोमी लघुवित्त वित्तीय संस्था लिमिटेले संस्थापक समूहको २० हजार कित्ता सेयर संस्थाकै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नुपर्नेछ । निवेदन सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, कागमाडौं वा ललितपुरको महालक्ष्मी- ४ स्थित कम्पनीको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।

दिइएको समयभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणमा सो सेयर बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ।

मंगलबार, २५ मंसिर २०८१, ११ : ३८

प्रतिक्रिया