सिमेन्ट र छडको मूल्यवृद्धि रोक्न उद्योगमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण

मंगलबार, २५ मंसिर २०८१, १७ : ०४

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट र छडको मूल्यवृद्धि रोक्न उद्योगमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण गराएको छ । 

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । मूल्यवृद्धि रोक्न नसके भारतबाट शून्य प्रतिशत भन्सारमा सिमेन्ट आयात गर्ने व्यवस्था मिलाइदिनलगायत उद्योग मन्त्री भण्डारीसमक्ष विभिन्न मागहरू राखेको महासंघले जनाएको छ ।

‘सिमेन्ट,डन्डी लगायतका निर्माण सामग्रीमा हालै भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योगमा परेको असरबारे अवगत गराउँदै तत्काल उक्त मूल्यवृद्धि खारेजीका लागि आवश्यक पहल गरिदिन ध्यानाकर्षण गराएको छ,’ महासंघले भनेको छ,‘राज्यले व्यवसायीहरूको अरबौँ रकम भुक्तानी गर्न नसकिरहेको स्थितिमा विना कारण सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि सरकारले खारेज गर्न नसक्ने हो भने निर्माणाधीन आयोजनाहरूको पुनर्मुल्याङ्कन गरी सार्वजनिक खरिद ऐन अनुसार मूल्य समायोजन हुने गरी सबै जिल्ला दररेट समितिलाई वृद्धि भएको दररेट कायम गर्ने व्यवस्था गर्न र भारतबाट शून्य प्रतिशत दरमा भन्सारमा सिमेन्ट आयात गर्ने व्यवस्था मिलाइदिन मन्त्री ज्यूलाई आग्रह गरेको छौँ ।’

मंगलबार, २५ मंसिर २०८१, १७ : ०४

प्रतिक्रिया