मेस्सीले विपक्षी खेलाडीलाई ‘गधा’ भनेपछि...

४ बर्ष अगाडि

एजेन्सी – बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी भद्र र नम्र खेलाडीको रुपमा चिनिन्छन् । कठिन अवस्थामा समेत मैदानमा विपक्षी खेलाडीसँग विरलै रिसाउने उनको बानीले आलोचकको समेत मन जित्न सफल भएको छ ।

तर मेस्सीले लिभरपुलका एकजना खेलाडीलाई अपमानपूर्ण शब्द प्रयोग गरेको समाचारले यतिबेला चर्चा पाएको छ ।

मेस्सीले अपमानपूर्ण शब्द प्रयोग गरी आफूलाई निन्दा गरेको लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले बताएका छन् ।  च्याम्पियन्स लिगमा बार्सिलोना र लिभरपुलबीच भएको सेमिफाइनल खेलको मध्यान्तरतिर मेस्सीले आफूलाई स्पेनिश भाषामा ‘बुरो’ भनेर गाली गरेको मिल्नरले खुलासा गरेका हुन् ।

खेलको मध्यान्तरपछि समेत आफूले मेस्सीको गाली खानु परेको मिल्नरले डेलीमेलसँगको एक अन्तर्वातामा बताएका हुन् । ‘मध्यान्तरपछि मैदानबाहिर जाँदा समेत मेस्सीले मलाई स्पेनिश भाषामा गाली गरिरहेका थिए’, मिल्नरले भने, ‘उनले मलाई रिसले स्पेनिश भाषामा बुरो भनेर कराइ रहेका थिए ।’

‘स्पेनिश भाषामा बुरोको अर्थ गधा हुन्छ र यो शब्दले अरु मानिसलाई लात्ताले हान्दै हिड्ने मानिसलाई समेत जनाउँछ’, मिल्नरले भने । ‘तर मेस्सी अद्भुत खेलाडी हुन् । त्यसैले मैले उनलाई निकै सम्मान गर्छु र उनी आफूलाई लागेको कुरा भन्न सक्छन्’, मिल्नरले थपे ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया