आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बुधबार, २६ मंसिर २०८१, ११ : ०७

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य फेरी बढ्न थालेको छ।

मंगलबार तोलामा २ हजार १ सय रुपैयाँले बढेको सुन आज पनि तोलामा २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै, आज चाँदी भने तोलामा १ हजार ९ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार, २६ मंसिर २०८१, ११ : ०७

प्रतिक्रिया