मिथिला लघुवित्तले १५ प्रतिशत बोनस दिने

बुधबार, २६ मंसिर २०८१, ११ : ३५

काठमाडौं– मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने भएको हो । जसमा २ करोड ७९ लाख ३० हजार ३९२ रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ लाख ७० हजार २० रुपैयाँ बराबरको ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस अघि कम्पनीले बोनस सम्बन्धी जानकारी गलत भएको र त्यसलाई सुधारेर हाल सार्वजनिक गरिएको समेत बताएको छ ।

कम्पनीले घोषणा गरेको उक्त बोनस नेपाल राष्ट्र बैंक र आगामी बस्ने साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने जनाएको छ ।

बुधबार, २६ मंसिर २०८१, ११ : ३५

प्रतिक्रिया