नबिल बैंकको सामाजिक उत्तरदायित्व

नबिल एसएसई सर्टिफिकेट कोर्सले अम्बिताको व्यावसायिक जीवनमा फड्को, ६ जनालाई रोजगारी दिन सफल

बुधबार, २६ मंसिर २०८१, १३ : ३३

काठमाडौं- मोरङको विराटनगर महानगरपालिका वडा नं ४ पिपलचोककी स्थायी बासिन्दा अम्बिता भण्डारीलाई उद्यमशीलता बारे केही जानकारी थिएन । तैपनि केही न केही उद्यम गरी आत्मनिर्भर बन्ने रहर जागेपछि सुरुमा उनले ग्रिन टिको व्यापार सुरु गरिन् । त्यसबाट सामान्य जिवीकोपार्जन मात्रै भएपछि उनले दुई वर्ष पछि हर्वोका विभिन्न सामग्री उत्पादन गर्ने उद्देश्यले हर्वो उद्योग खोल्ने निर्णय गरिन् । 

सुरुमा सामान्य ढंगले हर्वोको उद्यम व्यवसाय सञ्चालन गर्दै अघि बढिरहेकी उनलाई नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गर्दै आइरहेको उद्यमशीलता सम्बन्धि तालिम, नबिल एसएसइ कोर्सको बारेमा जानकारी लिइन् । र, त्यसमा सहभागी भएर सिकेको ज्ञान, सीप र आत्मविश्वासले उनको व्यावसायिक जीवनको परिचय नै बदलिएको छ । 

अम्बिताले आफ्नो व्यवसायलाई अझ व्यवस्थित गरी आधुनिक तवरले अघि बढाउनका लागि नबिल एसएसई सर्टिफिकेट कोर्समा भाग लिएको र त्यसले आफ्नो व्यावसायिक जीवनमा निकै उपयोगी भएको बताउँछिन् ।

उनले नबिल बैंकको एसएसइ सर्टिफिकेट कोर्समा आवेदन दिएर छनोट भए पछि त्यसबाट आर्जन गरेको सीपले आफ्नो व्यवसायलाई अब्बल बनाउँदै अहिले आफूलाई सफल व्यवसायी बनाएको बताइन् ।

उनी भन्छिन्, ‘उद्यम व्यवस्थापन, वित्तीय योजना, र टिम निर्माणका आवश्यक सीपहरू प्रदान गरेको छ । यसले व्यापार विस्तार गर्न र चुनौतीहरूको समाधान गर्न मद्दत पुर्‍यायो।’

नबिल बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई सर्टिफिकेट कोर्समा सहभागी भएर त्यसबाट सिकेको सीपले व्यवसाय व्यवस्थित बनाउन टेवा पुर्याएको उनले बताइन् ।

1cc

२०७२ सालदेखि बराह हर्बल उद्योग सञ्चालन गरिरहेकी भण्डारीले परम्परागत आयुर्वेद र आधुनिक दिगो विकास अभ्यासलाई एकीकृत गरी प्राकृतिक र प्रभावकारी सौन्दर्य सामग्री उत्पादन गर्दै आएकी छिन् । उनले नेपालभरिका साना किसानसँग मिलेर कच्चा पदार्थ संकलन गरी त्यसलाई प्रशोधन गरेर स्किन केयर र हेयर केयरका सामग्री उत्पादन गर्छिन् । धरान र विराटनगरका व्यापारिक केन्द्रमा उनका सामग्रीको उच्च मागसहित बिक्री हुने गरेको छ । स्थानीय बजारमा अत्यधिक रुचाइएका प्राकृतिकरुपमा उत्पादित उक्त सामग्रीको गुणस्तरीयता देखेर ग्राहकहरुले विकल्पको रुपमा खोजिरहेका छन्।


नबिल एसएसई सर्टिफिकेट कोर्सका माध्यमबाट प्राप्त सीपले व्यवसाय प्रभावकारी र व्यवस्थित बनाउन प्रमुख भूमिका खेलेको अम्बिताको भनाइ छ ।
उनी आफूले सिकेको सीप र ज्ञानलाई व्यवसायमा उपयोग गर्दै सफलता हासिल गरी CNIYEF Nepal को   स्टार्ट अफ फेस्ट २०२३ मा नबिल स्टार अफ इयर जस्तो प्रतिष्ठित सम्मान पनि प्राप्त गर्न सफल भएकी छिन् ।

1cc17ea0-e52a-4139-9664-ae3e7cc2f953

उनी भन्छिन् ‘पहिले नै यसप्रकारको व्यावसायिक ज्ञान र सीप प्राप्त गर्न सकेको भए सुरुवातमै व्यसायमा फड्को मार्न सक्ने रहेछु ।’


अहिले उनको उद्योगबाट उत्पादित सामग्रीको डिलरमा दुई जना र उद्योगमा कामदारको रुपमा ४ जना गरी ६ जनालाई रोजगारी समेत दिन सफल भएकी छिन् ।

उनले त्यसअघि अस्तव्यस्त तरिकाले सञ्चालित व्यवसाय नबिल एसएसई सर्टिफिकेट कोर्सबाट प्राप्त व्यावसायिक ज्ञान र सीपले सफल महिला उद्यमीको परिचय दिलाएको दाबी गरिन् ।

नबिल एसएसई सर्टिफिकेट कोर्स नेपालको सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले नबिल बैंकले सन् २०२१ देखि सुरु गरेको कार्यक्रम हो ।


यस कार्यक्रमले सातै प्रदेशका ११ कलेजसँग मिलेर विभिन्न उद्यमशीलता तालिम र मार्गदर्शन प्रदान गर्दै सामाजिक परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

IMG-20230729-WA0036

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सञ्चालन भएको यस कोर्समा ९८ जना विद्यार्थीहरूले अध्ययन गरिसकेका छन् र हाल पाँचौँ समुहमा २५ जना विद्यार्थीहरू अध्ययनरत छन् । यस कोर्सले उद्यमशीलतामा सफलता हासिल गर्नका लागि आवश्यक तालिम र मार्गदर्शन प्रदान गर्ने गरिरहेको क्याम्पसका नबिल एसएसइ सर्टिफिकेट कोर्स , कोशी प्रदेशका  संयोजक वेद संग्रौलाले बताए ।

उनी भन्छन, ‘आइडिया विकास गर्ने देखि एउटा सफल उद्यमी कसरी बन्ने भन्ने सम्मको तालिम  यस कोर्सले प्रदान गर्ने भएकाले सच्चै सफल उद्यमी बन्छु, केही गर्छु भन्नेहरूलाई नबिल एसएसई सर्टिफिकेट कोर्स उपयोगी छ ।’

बुधबार, २६ मंसिर २०८१, १३ : ३३

प्रतिक्रिया